२९ गतेको प्रर्दशन सभ्य र भब्य बनाउने कांग्रेसको निर्णय

मोरङमा विप्लव माओवादीले गरेको शिक्षक हत्याको भत्सर्ना गर्दै दोषीलाई कडा कारवाहीको माग

 ग्लोबल टिभि      बिहिबार, मंसिर २५, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले सरकारले तनहुँमा गरेको ज्यादती बिरुद्ध यहि मंसिर २९ गते गर्ने प्रर्दशन सभ्य र भब्य बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिकण्ठमा आज बसेको पदाधिकारी बैठकले ‘सरकार बिरुद्धको प्रर्दशन सभ्य र भब्य बनाउने’ निर्णय गरेको कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।२९ गतेको प्रर्दशन पछि सडक आन्दोलनमा निरन्तरता दिने बिषयमा पनि छलफल भएको डा महतले जानकारी दिए ।
यहि मंसिर १७ गते तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा प्रशासनले बरिष्ठ नेता पौडेललाई केहि घण्टा नियन्त्रणमा लिएको थियो । त्यस्को भोलिपल्ट पौडेलले पुल उद्घाटन गरेका थिए ।

उक्त घटना सुनियोजित भएको र सरकारले एक पछि अर्को गरि लोकतन्त्रलाई प्रहार गर्ने काममा लागेको भन्दै उक्त घटनाको आलोचना भएको थियो ।तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । बैठकले मोरङमा विप्लव माओवादीले गरेको शिक्षक हत्याको भत्सर्ना गर्दै दोषीलाई कडा कारवाहीको माग पनि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बोलाएको सर्वदलिय बैठकमा पनि कांग्रेसले तनहुँ घटनाबारे सरकारको धारणा मागेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *