ग्लोबल टिभि
शनिबार, मंसिर २७, २०७७
0
चरिकोट । सरकारले गरेको ज्यादती, भ्रष्टाचार, कोरोना कहरमा जनस्वास्थ्यमा गम्भीर खेलवाड लगायतका बिषय उठाएर यहि मंसिर २९ गते नेपाली कांग्रेसले देशब्यापी बिरोध प्रर्दशन गर्दे छ ।
त्यस्का लागि शीर्ष नेताहरु जिल्ला जिल्ला खटिएका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर, बरिष्ठ नेता रामचन्द्र पौेडेल काठमाण्डौंमा खटिएका छन् ।
यस्तै नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष एवं कांग्रेस युवा नेता नैनसिंह महर दोलखाको चरिकोटमा आयोजना हुने बिरोध सभामा केन्दीय बक्ताका रुपमा सहभागि हुँदै छन् ।
युवा नेता महरले यस अघि ओली सरकारले गरेको भ्रष्टाचारको फेहरिस्त सहितको काण्डै काण्डको पुस्तक पनि प्रकाशित गरेका थिए । महर स्पष्ट बक्ता एवं बौद्धिक छबि भएका नेता मानिन्छ ।
बिरोध प्रर्दशनका लागि सम्पूर्ण तयारी भएको दोलखा कांग्रेसले जनाएको छ ।
Post Views: 1,558
Leave a Reply