ग्लोबल टिभि
0
काठमाण्डौं । ओली सरकारले ज्यादती, भ्रष्टाचार, अनियमितता चरम उत्कर्षमा पुर्याएको आरोप लगाउँदै नेपाली कांग्रेस सडकमा आएको छ ।
केन्द्रीय नेतृत्वको निर्देशनमा ७७ बटै जिल्लामा आज प्रर्दशन भएका छन् ।
प्रर्दशनपछि आयोजित बिरोध सभामा कांग्रेस नेताहरुले सम्बोधन गर्दे ओली सरकारकै कारण देश बर्बादी तर्फ गएको आरोप लगाएका छन् ।सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो । कांग्रेसका शप्र्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापाले धनकुटामा आयोजित सभामा सम्बोधन गरेका छन् ।
Post Views: 1,886
Leave a Reply