ग्लोबल टिभि
0
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई संवैधानिक परिषदको बैठकमा कोरम पुगेन भन्नु हास्यास्पद भएको बताएका छन् ।
मंगलबार ट्वीट गर्दै सभापति देउवाले यस्तो बताएका हुन् उनले भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’
Post Views: 1,338
Leave a Reply