स्थायी कमिटी बैठक आज,अध्यादेश फिर्ता लिन दबाब दिने तयारी

 ग्लोबल टिभि      बुधबार, पुस १, २०७७      0

काठमाडौं । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बैठक बोलाइएको छ । आज बस्ने बैठकमा अध्यक्षद्वयको प्रस्तावलगायत स्थायी कमिटी बैठकमा पेस भएका दस्तावेजहरूमाथि छलफल गर्ने कार्यसूची रहे मंगलबार जारी भएको अध्यादेशकाबारेमा पनि छलफल हुनेछ ।

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सरकारले संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या घटाउनेगरी अध्यादेश जारी गरेपछि नेकपाभित्र गत वैशाखदेखि सुरु भएको आन्तरिक कलहले नयाँ मोड लिएको छ । यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको थियो ।

पार्टी र मन्त्रिपरिषदमा समेत छलफलै नगरी अध्यादेश ल्याएको भन्दै असन्तुष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने तयारी गरेका छन् । हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका पाँच जना सचिवालय सदस्यले ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने निष्कर्ष निकालेका छन् ।

गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले पार्टीसँगको परामर्शबिनै राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । तर त्यतिबेला पनि पार्टी भित्र चर्को आलोचना भएपछि ओलीले दुवै अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए ।

संवैधानिक परिषदको बैठकमा सभामुख नगएका कारण गणपुरक संख्या नपुगेर बैठक दुई पटकसम्म स्थगित गर्नुपरेपछि कानुनी प्रावधान संसोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन्। अध्यादेश आइसकेपछि सोही बमोजिम संवैधानिक परिषदको बैठक हिजो साँझ बसेको छ। तर बैठकले कुनै पनि निर्णय भने गरेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *