निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन् । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको बताए । प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । पशुपक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु नखान आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ । प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।

यो प्राणघातक भाइरस प्राकृतिक रुपमा फलफूल बढी खाने चमेरा (फ्रूट ब्याट) बाट पशुपंक्षी हुँदै मानिसमा सर्छ । साथै संक्रमित मानिसमाबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । निपा भाइरस विशेष गरी शरीरको ¥याल, दिशापिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *