क्षमायाचना सहित जनतामा जानुस् :ओली

 ग्लोबल टिभि           0

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधि सभा बिघटन बाध्यात्मक कदम’ भन्दै क्षमायाचना सहित जनतामा जान आँफू निकट नेताहरुलाई निर्देशन दिएका छन् ।
बालुृवाटारमा आज भएको भेलामा प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न दिइएन, नक्सा जारी गरेवापत षडयन्त्र भयो, प्रधानमन्त्री र राष्ट्रपतिलाई नै हटाउने खेल भएपछि जनतामा जानुको बिकल्प नरहेको भन्दै प्रतिनिधि सभा बिघटनको औचित्य पुष्टि गर्न खोजेका थिए ।
उनले जनतामा जाँदा क्षमायाचना सहित जान पनि आग्रह गरे ।
उनले पुष्पकमल दाहाल प्रचण्डले धोका दिने र झुठो आश्वासनमा नेताहरु फसेको भन्दै रोष प्रकट गरेका थिए ।भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *