आज देशवासीका नाममा सम्बोधन गर्दै ओली

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

काठमाडौं । पछिल्लो विकसित राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय र त्यसपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत आफ्नो भनाई सार्वजनिक गर्न खोजेका हुन् ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *