ललितपुरबाट बलात्कार आरोपमा एकजना पक्राउ

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

काठमाडौं- जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुरबतट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त चापागाउँले सोमबार खाना बनाउने ठाउँमा बसिरहेकी महिलामाथि जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी टीकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। ती महिलालाई सत्यालले घर बनाउने काममा लगाएका थिए।

अहिले प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *