काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारले काम गर्न पाँउदैन भने पुनरावेदन गर्न जनतामा जानु उपयुक्त ठानेर प्रतिनिधि सभा बिघटन गरेको दाबी गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दे उनले अहिलेको स्थितिको विकसित हुनुमा कतिपय नेताको गतिविधि मुख्य जिम्मेवार भएको बताएका छन् ।
जननिर्वाचित सरकारलाई चौतर्फी घेराबन्दीमा पारेपछि सार्वभौम जनतामा जानु बाहेक बिकल्प नरहेको बताए ।
उनले भने डेढ बर्ष अघिनै जनतामा जाने स्थिति आउला भन्ने लागेको थिएन ।
सरकार बाधाहरु पन्छाउदै अघि बढ्दा केहि नेताद्धारा अस्थिरतका प्रयास जारी रहे ।
उनले सम्बोधनका क्रममा पार्टीका नेताहरुलाई प्रश्न गरेका छन् ‘घेराबन्दी र दाउपेच गर्नुपर्ने जायज कारण के थियो ?
उनले पार्टीमा संसदीय दलका नेतालाई थाहै नदिइ गैर संबैधानिक तरिकाले बिशेष अधिवेशन बोलाउन खोजिएको भन्दै आपत्ति जनाए ।
ओलीले आफ्नो शासनकालमा शान्ति सुरक्षा सुदृढ भएको, देशले बिकासमा फड्को मारेको पनि फेहरिस्त प्रस्तुत गरे ।
प्रधानमन्त्री ओलीले सधैभरि पदीय भागबण्डामा केहि नेताहरुले बन्दी बनाउने काम भएको पनि गुनासो गरे ।
जन निर्वाचित सरकारलाई काम गर्न नदिने स्थिति आएपछि जनतामा जाने निष्कर्षमा पुगेको पनि उल्लेख गरे ।
निर्वाचन घोषणाले पार्टी एकतालाई अझै मजबुत बनाउने पनि बिश्वास ब्यक्त गरे । विपक्षी दललाई पनि आफ्ना एजेण्डा लिएर चुनावमा जान आग्रह गरे ।
मुलुक जनप्रतिनिधिबिहीन अवस्थामा नरहेको पनि उनले उल्लेख गरे ।
राष्ट्रपति, न्यायालय, सुरक्षा निकायले आफ्नो जिम्मेवारी पुरा गरिरहेको पनि ओलीले उल्लेख गरे ।
मुलुक अस्थिरता तर्फ जान खोज्यो भन्नु गलत भएको पनि प्रधानमन्त्री अोलीको भनाई थियो ।
उनले कुनै कुरामा नअलमलिएर निर्वाचनमा जुट्न पनि सबैमा आब्हान गरे ।
Leave a Reply