संसद बिघटन बिरुद्ध सडकमा जाने जसपाको निर्णय (बिज्ञप्ति सहित)

 ग्लोवल टि.भी.      मङ्लबार, पुस ७, २०७७      0

जनता समाजवादी पार्टीले तत्काल संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामुखलाई आग्रह गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भए पनि सो असंवैधानिक भएको भन्दै जसपाको केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद बैठक बोलाउन माग गरेको हो ।

सो पार्टीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्ष निकालेको छ । जसपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा संघर्षका कार्यक्रम गर्ने भएको छ ।

जसअनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले जानकारी दिएका छन्

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *