मापसे गरेका चालकले बस चलाएपछि दुर्घटना

५ सवारी साधनमा क्षति, ५ जना घाइते

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ११, २०७८      0

झापा,कार्तिक ११गते।
मादक पदार्थ सेवन गरी चालकले बस चलाउँदा भएको दुर्घटनामा ५ सवारी साधनमा क्षति पुगेको छ भने ५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा बिर्तामोड-चारआली सडकखण्डमा बुधबार यात्रुबहाक बसले सडकमा गुडिरहेका अन्य ५ वटा सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते छन्।

ठक्कर दिएको यात्रुबाहक बसका चालकले मापसे गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जंगलमा फरकफरक स्थानमा पश्चिमबाट पूर्व आइरहेको मे १ ख २५७१ नम्बरको सगरमाथा यातायातको बसले विपरीत दिशाबाट आइरहेका सवारी साधनहरूलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार चुलाचुली १ का ३५ वर्षीय बिजय बिक र उनकी श्रीमती २७ वर्षीय प्रमिला बिक घाइते छन् । उनीहरू दुबै जनाको खुट्टा भाचिएको छ।
त्यसैगरी मे १ ज ८७४ नम्बरको भ्यानलाई ठक्कर दिँदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराई, अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देबराज राई घाइते छन्। उनीहरूको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *