मेलमिलाप दिवसको दिन कांग्रेसले देशब्यापी प्रर्दशन गर्ने

 ग्लोबल टिभि           0

काठमाडौं :  मुख्य विपक्षी नेपाली कांग्रेसले पुस १६ गते देशभर प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समितिको बैठकले पुस १६ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा प्रदर्शनको घोषणा गरिएको कांग्रेसले जनाएको छ । पुस १६ गतेलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । मेलमिलाप दिवसकै दिन देशव्यापी प्रदर्शनको घोषणा गरिएकोमा केही नेताहरुले असहमति व्यक्त गरेका छन् ।
यसअघि कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गरेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुँको दमौलीमा दुव्र्यवहार गरेपछि कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको थियो ।
सरकारले संसद विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
संसद विघटन गर्ने सरकारको कदमविरुद्ध चालिने कदमहरुका बारेमा कांग्रेसले अन्य दलहरुसँग पनि संवाद गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *