ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभा बिघटन गरेपछि दलहरु आन्दोलित भएका छन् ।
यसै क्रममा आज जनता समाजवादी पार्टीले काठमाण्डौंमा प्रर्दशन गरेको छ ।
राजधानीको असनमा प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले विभिन्न नारा लगाउँदै सरकारको कदमलाई गलत भन्दै विरोध प्रदर्शन गरेका थिए ।आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका छन् भने सत्तारुढ दल नेकपा भने विभाजन भएको छ ।
Post Views: 1,737
Leave a Reply