ग्लोबल टिभि
0
प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
‘माघ ७ गते बुधबार दिउँसो २ बजेबाट सुरू हुने गरी बैठक आह्वान गर्न आजको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको छ।
प्रदेश १ मा दुई जना मन्त्री र २ जना राज्यमन्त्रीले राजीनामा दिइसकेका छन्।
मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपा प्रचण्ड(माधव नेपाल समूहका सांसदले अविश्वास प्रस्तावसमेत ल्याउने तयारी गरेका छन्।
Post Views: 1,096
Leave a Reply