एबी डे भिलियर्सद्वारा सबैखाले क्रिकेटबाट सन्यास

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।
‘यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु’ डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भनेका छन् ।

उनले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी२० आई खेलेका छन् । डे भिलियर्सले ओडिआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *