रोल्पाको बस दुर्घटनामा गाउँपालिकाले जारी गर्यो शोक वक्तव्य

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

रोशन वली
रोल्पा ,मङ्सिर ३गते ।दाङ्को घोराहीबाट पूर्वी रुकुमको लागि छुटेको ना ३ख ५५१८नम्बरको बस मङ्सिर २गते बेलुका ६बजे रोल्पामा दुर्घटना भएको हो ।
यात्रु लिएर घोराहीबाट पूर्वी रुकुमको लागि छुटेको बस माडी गाउँपालिकाको जलजला नजिकै तार्केवाङ भन्ने ठाउँमा खस्दा ४जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

सो बसमा सवार रहेका १९जन व्यक्तिहरु दुर्घटनामा घाइते भएका थिए । मृतकहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै परिवर्तन गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ ।

घाइतेहरुको समेत शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई राहतको व्यवस्था गर्न समेत वक्तव्यमा उल्लेख गरिएक छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *