अध्यक्षमा उठ्ने नउठ्ने निर्णय गरिनसकेको -ओली

‘लोकतन्त्रमा चुनौती स्वाभाविक’

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले यस्तो वताएका हुन् । एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन्।

मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ उनले भने।

यसअघि नै उम्मेदवारी घोषणा गरेका रावललाई संकेत गर्दै ओलीले भने उहाँले मलाई चुनौती दिनुभएको होइन मप्रति आदर सम्मान नै गर्नुभएको छ। रावलजीले तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छु, ।

नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको दबाब नहुने उनको भनाइ थियो।

उनले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए। उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’ हुने उनले वताए ।

ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको भन्दै कुनै पदमा आफ्नो कुनै रोजाइ नभएको बताए ।

उनले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *