ग्लोबल टिभि
0
बलिउड अभिनेता सलमान खानको फिल्म ‘अन्तिम’को प्रदर्शन मिति नजिकिँदै छ।
नोभेम्बर २६ अर्थात् शुक्रबारबाट प्रदर्शन हुने फिल्म नेपालमा प्रदर्शनका लागि एक करोड ३५ लाख रुपैयाँमा भित्रिएको हो । फिल्मलाई ‘ए एट फिल्मस्’ले नेपाल ल्याएको छ ।
गोपीकृष्ण मुभिज प्रालिको भगिनी संस्था रहेको ‘ए एट फिल्मस्’ले नेपालका १२५ सिनेमा हलमा प्रदर्शन गर्ने गरी ‘अन्तिम’ फिल्मलाई नेपालमा ल्याएको हो।
फिल्ममा सलमान खान प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान खान र आयुष शर्मा एक्सन भूमिकामा देखिएका छन्।
सलमान खान मुख्य भूमिकामा रहेको यस फिल्ममा आयुष शर्मा, महिमा मकवा, प्रज्ञा जैसवाललगायतको अभिनय छ। महेश मन्जेरकरले निर्देशन गरेको यो फिल्मलाई ‘सलमान खान फिल्मस्’ले निर्माण गरेको हो।
Post Views: 971
Leave a Reply