तीनदिनसम्म बादल र तुवाँलो लाग्ने-मौसम पूर्वानुमान महाशाखा

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालादेशमा रहेको न्यूनचापीय प्रणालीका कारण तीन दिनको नेपालको मौसम स्थिर रहने भएको छ ।

शुक्रबारको जस्तै मौसम तीनदिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आकासको माथिल्लो लेयरमा इन्भर्सन भएकाले आकासमा बादल भरिएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले तीन दिनसम्म आकासमा बादल र धुम्म तुवाँलो लागिरहने जानकारी दिइन् ।

‘‘अहिले बंगालादेशमा न्यूनचापीय प्रणाली छ । त्यसैले नेपालको पूरै आकासमा बादल लाग्ने सम्भावना रहेको छ । वर्षा हुने सम्भावना कम छ । उच्च हिमाली, उच्च पहाडि क्षेत्रमा हल्ला हिमपात हुने सम्भावना रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान केही फरक देखिएको छैन,” मौसमविद् मानन्धरले भनिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *