ओलीलाई बुझ्न सकिएन, जनतासँग क्षमा चाहन्छौंः प्रचण्ड

 ग्लोबल टिभि           0

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् ।

आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार ग¥यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए । ‘ओली गणतन्त्रवादी आन्दोलनका पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’

तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अघि भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु । ’ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।

‘यति चाँडै ओली प्रतिगमनविरूद्ध सडकमा आउनुपर्छ भन्ने वामगठबन्धन गर्दा सोचेको पनि थिइनँ,’ आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएन। कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं। माफी चाहन्छौं।’

उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएकोसमेत उनले आरोप लगाएका छन्।

प्रतिनिधि सभा अझै भंग नभएको उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *