ग्लोबल टिभि
बुधबार, पुस २२, २०७७
0
भक्तपुरको सूर्यविनायकमा रेलिङ बनाउने एक जना मजदुरको ज्यान गएको छ । बुधबार सुर्यविनायक नगरपालिका वडा नं. ६, पाण्डुबजार हाईटमा रहेको गोविन्द राजकर्णीकारको घरमा रेलिङ हाल्ने क्रममा खसेर ४० वर्षका ईश्वर कार्कीको मृत्यु भएको हो ।
कार्की अचानक लडी जमिनमा खसि गम्भीर घाइते भएकोमा तत्कालै स्थानीयहरुको सहयोगमा उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
Post Views: 1,136
Leave a Reply