स्मृतिमा भुइँ मान्छे(कविता )शनिबार विशेष साहित्य:रोशन वली

स्मृतिमा भुइँ मान्छे :रोशन वली

 ग्लोवल टि.भी.      शनिबार, पुस २४, २०७८      0

रोशन वली

उसको कुनै आइडिन्टिटी छैन
बेपत्ताको सूचीमा नाउँ भेटिन्न
सहिदहरुको लिस्टमा पनि पर्दैन।

लाग्छ मरेपछि नि शत्रुहरु
लस्कर लागिरहेका छन् ।
नाउँले  ऊ उजर सिङ हो ।

रात शायद उस्को हो
बेजोडले आवाज फलाक्छ
बेठेगान सपनाहरुको
नारा भट्याउँ छ मध्य रातमा

सुस्केरा मार्छ वरपर खोला ,खोल्चा
थकाइ मार्न मध्य प्रहरमा आत्मा भत्केर डुल्छ

औंसीको रातमा होस्
पूर्णेको उज्यालोमा होस्
गाउँमा घुम्छ,हेर्छ,चहार्छ
मसान भनेर तर्सिनेलाई
नि बुझाई सक्यो कि उसले
म बेपत्ता हुँ भनेर चिनिनु पर्छ
वर्षौ पछि पनि आत्मा आएर
आफ्ना सपना
जो हराइ रहेको देख्छ
विरोध गरिरहेको देख्छ

उ त्यही उजरसिङ हो ।

अनाहकमा एक साँझ
एक गैर राजनैतिक समुहले
पक्रेर घिसार्दै जङगलतिर लैजान्छ
आँखामा पट्टी बाँधेर
खुट्टामा छान हालेर
आगनको डिल हुँदै
जङ्गलको बाटो हुँदै बेपत्ताको यात्रा गर्छ ।

त्यो कस्तो यात्रा हो जङ्गलको
खै ऊ कहिल्यै घर फर्केन
फर्कियो त वर्ष ,समय, ऋतुहरु

झाक्रीखोला,ताङ्नाङ खोलाहरु
सङ्गीत भरि रहे ,सुसाउँदै बगिरहे
उसको घरमा कहिल्यै समय आएन
गीतहरु गुन्जिएन,परेवाहरु बसेन
खुसीहरु कदापि फर्किएन्न
हो अहिले उ कुनै स्मृतिको पानामा
धेरैले बिर्सिसकेको ,भुलिसकेको
नाउँले ऊ त्यही उजर सिङ हो।

रोशन वली हाल नुवाकोट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *