बेल्जियम विरोध प्रदर्शनमा दर्जनौं घाइते

 ग्लोबल टिभि      सोमवार, माघ १०, २०७८      0

माघ १०
बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा भएको प्रदर्शनको क्रममा दर्जनौं घाइते भएका छन् ।

प्रदर्शन दबाउन प्रहरीले दर्जनौ सेल अश्रुग्याँस तथा पानीको फोहोरा प्रयोग गर्दा प्रदर्शनकारीहरु घाइते भएका हुन् । ५० हजारको संख्यामा राजधानी ब्रसेल्समा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गर्दा केही बेर दोहोरो भिडन्त समेत भएको थियो ।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्मा भएको यस प्रदर्शनलाई बेल्जियममा भएका केही ठूला प्रदर्शनमध्ये एक भनिएको छ । बेल्जियम सरकारले कोभिड नियन्यत्रणका लागि कोरोना विरुद्धको बुस्टर डोज अनिवार्य गर्नुका साथै पाँच महिनाको अवधिसम्म रेष्टुराँ, म्युजियमलगायत केही स्थानमा खोप कार्ड देखाउनु पर्ने नियम लागु गरेपछि प्रदर्शन सुरु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *