तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा नुहाउनेको भीड लागेको छ । कोरोना सक्रमणको जोखिम पूर्णरुपमा नहटेपनि भक्तजनहरु कोरोनाको प्रवाह नगरी स्नान तथा पूजा पाठमा जुटेका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा तीन दिने माघे संक्रान्ति धार्मिक मेला लागेको छ ।
परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्रधाम रिडिमा यस वर्ष कोभिड १९ को कारण रमाइलो मेला नभए पनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र क्षेत्र धाम रिडिमा भक्तजनहरु बिहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनमा लागि जुटेका छन्। कोही माक्स लगाएर स्नान तथा पूजापाठमा पुगेका छन् त कोही माक्सबिनै पूजाआजामा जुटेका छन् ।
माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।
Leave a Reply