ग्लोबल टिभि
0
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक बस्ने भएको छ ।
बिहीबार दिउँसो तीन बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको बैठकमा आन्दोलनका समीक्षा र पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे छलफल हुने जानकारी दिइएको छ ।
२० पुसमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा स्थायी कमिटी सदस्यहरू पम्फा भुसाल र गणेश शाहलाई थप गर्ने निर्णय गरेको हो ।
त्यस्तै पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गृहकार्य टोली बनाएको थियो । कार्यदलले अझैं पनि प्रतिवेदन बुझाउन सकेको छैन ।
Post Views: 1,549
Leave a Reply