प्रधानमन्त्रीका सल्लाहकारले गरे ‘रअ’ प्रमुखसंगको भेटको पुष्टि

दुइ देशबीचको सम्बन्ध खलबलिन नदिनेबारे छलफल

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक ६, २०७७      0

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसंग भेटेको प्रधानमन्त्रीको सचिवालयले औपचारिक रुपमा जानकारी गराएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेख्दै भेटका क्रममा रअ प्रमुख सामन्त गोयलले  नेपाल भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको उल्लेख गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *