पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा(विज्ञप्तीसहित)

 ग्लोवल टि.भी.      सोमवार, चैत्र १४, २०७८      0

चैत १४- प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले राजीनापत्र बुझाएका हुन् ।

घिमिरेले ठेक्का रद्द गरेलगत्तै आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २, फागुन २०७८मा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ८ फागुनमा भवन निर्माणको लागि टेन्डर आह्वान भएको बताएका छन् । प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलबहादुर केसी आफैं छन् ।

सुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आंशका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको उनको दावी छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायी महासंद्दघबाट समेत पत्र आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *