प्लानिङको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, चैत्र १८, २०७८      0

भक्तपुर । भक्तपुरमा प्लानिङको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु भएको छ ।

भक्तपुरको चागुनारायण नगरपालिका वडा न. ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षको वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका–९ को ३२ वर्षको चतुरमान तामाङ रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *