ग्लोबल टिभि
0
नेपालमा सोमबार थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । त्यस्तै थप २ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना निको भएका छन् ।
नेपालमा सोमबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइशोलेशनमा छन् भने ९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १ सय ५२ वटा पिसिआर गरिएको छ ।
Post Views: 1,725
Leave a Reply