रियल मड्रिड बन्यो विश्वको धनी फुटबल क्लब

 ग्लोबल टिभि           0

जेठ १३-ला लिगा प्रतिद्वन्द्वी क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस च्याम्पियन रियल मड्रिड विश्वको सर्वाधिक धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ।

फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा रियलको कुल मूल्य ४.१ बिलियन पाउण्ड रहेको छ। यस्तै, बार्सिलोनाको मूल्य ४.० बिलियन पाउण्ड छ।

रियलले यो सिजन स्पेनिस ला लिगाको उपाधि जितेको थियो। यस्तै, रियल च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको छ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो स्थानमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड रहेको छ। युनाइटेडको मूल्य ३.६५ बिलियन पाउण्ड रहेको छ।

चौथो स्थानमा प्रिमियर लिग क्लब लिभरपुल र पाँचौ स्थानमा जर्मन क्लब बार्यन म्युनिख रहेको छ। लिभरपुलको मूल्य ३.५ र बायर्नको ३.४ बिलियन पाउन्ड मूल्य रहेको छ।

यस्तै, छैटौं स्थानमा रहेको प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको ३.३, सातौं स्थानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को ३.३ बिलियन पाउण्ड छ।

प्रिमियर लिग क्लब चेल्सी आठौं, इटालियन क्लब युभेन्ट्स नवौं स्थानमा तथा टोटेनहम शीर्ष १० मा अटाएका छन्। चेल्सीको मूल्य २.४, युभेन्टसको १.९ र टोटेनहमको १.८६ बिलियन पाउण्ड छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *