आइतबार विदा खारेज, सरकार असफल

आइबार विदा किन हट्यो ?

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २४, २०७९      0

विनोद जेठ– सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। सोमबार बसेको मन्त्रीपरिसद् बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु फेरि पुरानै समय १० देखि ५ बजेसम्म हुने र शनिबार मात्रै साप्ताहिक विदा दिने निर्णय गरेको छ । यसअघि सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । आइतबार विदा हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको थियो ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले २६ वैशाख २०७९ जेठ १ गतेदेखि आइतबारसार्वजनिक विदा दिने निर्णय गरेको थियो । आइतबार विदा दिएर सरकारले कार्यलय समय विहान ९ देखि ५ गरेको थियो तर फेरी पुरानै समय १० देखि ५ कायम हुने भएको हो ।बढ्दो आर्थिक मन्दी र पेट्रोलियम पदार्थको खपतका कारण व्यापार घाटालाई देखाउँदै सरकारले दुईदिने विदाको अवधारणा कार्यान्वयन गरेको थियो । तर आइतबार विदा दिन सुरु गरेको एक महिना नपुग्दै सरकारले असार १ गते देखि विदा खारेज गर्ने निर्णय गरेको छ।आइतबार विदा उपयुक्त नभएको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भैरहेको बेला सरकारले सो निर्णय गरेको हो । त्यस्तै मानव अधिकारकर्मीले दुईदिन विदा दिनु नराम्रो नभएको तरसरकारले विना कुनै तयारी हचुवाको भरमा विदा लागु गरेको र असफल भएको बताएका छन् ।

त्यस्तै दुई दिन विदाले स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालदेखि स्वास्थ्यचौकी लगायत अत्यावश्यक सेवामा नागरिलाई असहज भएको थियो । बैंक तथा वित्तीय क्षेत्रसँग तालमेल नगरी ल्याइएको दुई दिने विदाबाट कतिपय क्षेत्रमा समन्वयको अभाव त देखिन्थ्यो नै विहानै साढे ९ बजे खुल्ने सरकारी कार्यालयमासेवाग्राहीहरु १० बजेपछि पुग्नुले दुई दिन विदा र कार्यालय समय विस्तारको कठिनाईले आमजनजीवनमा त्यसको प्रत्यक्ष प्रभाव परेको थियो ।

लामो समयदेखि कोरोनाका कारण देशका सबै क्षेत्र तहनहस भएका बेला सरकारले विना कुनै तयारी गरेको निर्णयले आफैलाई आत्मग्लानी भएको स्पस्ट छ । त्यसो त यो पहिले पटक भने होइन अघिल्लोपटककोपनि प्रयास असफल भएकोे थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आन्तरिक पर्यटन र देशव्यापी आर्थिक चहलपहल गराउन भन्दै सरकारले दुई दिनको विदावारे अध्ययन भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *