दुइ साताको संवादहीनता तोड्दै प्रचण्ड बालुवाटारमा, दुई अध्यक्षबीच सहमतिको प्रयास

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झण्डै दुई सातापछि भेटवार्ता भएको छ। प्रधानमन्त्री  ओलीलाई भेट्न दाहाल आज दिउँसो बालुवाटार पुगेका छन   दुई अध्यक्षबीच  ४ कात्तिक यता  संवाद रोकिएको थियो। नेकपाको कर्णाली प्रदेशमा देखिएको समस्या र मन्त्रिमण्डल पुनर्गठनको विषयले ओली–दाहालबीच तिक्तता बढाएको छ।

शुक्रबार पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दाहाल निवास खुमलटार पुगेर संवादहीनता तोड्न आग्रह गरेका थिए। त्यसअघि ओलीको सन्देश बोकेर बुधबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष दाहाललाई भेटेका थिए। त्यसको भोलिपल्ट बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदले संसदीय दलमा असोज अन्तिम साता अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपाको केन्द्रीय नेतृत्वमा समेत यसको असर परेको छ। त्यसलगत्तै प्रधानमन्त्री ओलीले दाहालसँग सल्लाह नगरेरै मन्त्रिपरिषद् हेरफेर गरेपछि दुई नेताबीच सम्बन्ध थप चिसिएको थियो।कर्णालीमा अविश्वासको नेतृत्व ओली समूहका यामलाल कँडेलले गरेका थिए। कँडेललाई साथ दिएका माधवकुमार नेपाल समूहका सांसद पछि हटेपछि अविश्वासको प्रस्ताव संसदीय दलमा बहुमतले अस्वीकृत भइसकेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *