ग्लोबल टिभि
बिहिबार, फाल्गुन ६, २०७७
0
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । त्यहाँ आफ्नो जबाफ पेस गरेर उनी बालुवाटार फर्किएका थिए ।
माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए । उनले सर्वोच्चमा बहस गर्ने सर्वोच्च अदालतका वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए ।
Post Views: 1,466
Leave a Reply