थपिए २८ सय २४ संक्रमित, ३६ सय २० जना संक्रमण मुक्त

काठमाण्डौं उपत्यकामा थपिए १६ सय २२ संक्रमित

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक १६, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ३० पीसीआर परीक्षण गर्दा २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३६ सय २० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ रहेको छ । यसैगरी आइतवार थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै १६ सय २२ संक्रमित थपिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *