संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले पोखरा क्षेत्रीय विमानस्थल निर्माणको बाँकी काम छिटो सक्न सरकार र मातहतका निकायलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालासँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् ।
उनले भनिन् ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिइएको छ ।’
यस्तै, समितिले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्यपनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
Leave a Reply