आयोगले करिब ११ अर्ब माग्यो, अर्थ मन्त्रालयसँग

 ग्लोबल टिभि      सोमवार, भदौ ६, २०७९      0

भदौ ६ –निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्चिन अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ। आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट मागेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए। यो बजेट मन्त्रालयबाट निकासा हुन बाँकी छ। सरकारले आउँदो ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ। घोषणासँगै आयोग निर्वाचनको तयारीमा जुटेको छ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित ५ लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या १ करोड ८२ लाख हुनसक्ने उनले बताए। यसको अन्तिम नामावली आयोगले पछि सार्वजनिक गर्नेछ।

यस्तै, करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र बनाउने आयोगको तयारी छ। यो चुनावका लागि दुई लाख बढी जनशक्ति आवश्यक रहने प्रवक्ता पौडेलले बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *