ग्लोबल टिभि
शनिबार, फाल्गुन १५, २०७७
0
संयुक्त रास्ट्रसंघ अन्तरगतको विकास नीतिसम्बन्धी समितिबाट नेपाल अतिकम विकसित मुलकबाट विकासशिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेको हो ।
नेपालसंगै दक्षिण एसियाका दुई मुलुक लाओस र बंगलादेश पनि अतिकम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका छन् ।
समितिबाट भएको सिफारिस संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ । राष्ट्रसंघले अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु सक्ने सुविधासमेत दिएको छ ।
स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका लागि मुख्य मापदण्ड हुन । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक बाँकी दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।
Post Views: 1,025
Leave a Reply