नेपालीहरुको महानपर्व वडादशैँ सुरु(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज १०, २०७९      0

असोज १०– आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईएको छ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।

प्रत्यक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालहीरुको महानपर्व वडादशैँ आज घरघरमा जमरा राख्दै घटस्थापना गरिएको छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यदपी जमरामा जौ बाहेक अरु रोप्ने शास्त्रिय विधि नभएको नेपाल संस्कृतविद् माधव लामिछाने बताउँछन् ।

यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हनुमान ढोका दरबारका पूजारी सागर खरेलले बताए ।

जौं को अङ्कुर दुर्गा देविको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर दशमी अर्थात विजयादशमिको दिन टिका प्रसादसंगै समृद्घिको प्रतिकको रुपमा जमरा धारण गर्री मान्यजनबाट आर्शिबाद लिने प्रचलन छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *