अन्तत : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगियो

 ग्लोबल टिभि      बुधबार, अशोज २८, २०७७      0

काठमाडौँ  – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो । आफ्नै दल नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि शाहीको पद धर्मराउन पुगेको थियो । आज बिहानमात्रै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन टेलिफोनबाट निर्देशन दिनुभएको  थियो । आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए ।

सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल भएको थियो । सोमबार सहमति जुट्न नसकेपछि मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उनीहरूले दबाब दिएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने र प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुटेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *