कांग्रेस महाधिवेशन कार्यतालिका फेरी प्रभावित

नयाँ तालिका तय गर्न चैत्र २० मा केन्द्रीय समिति बस्दै

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ११, २०७७      0

मुलुकको राजनीतिक परिस्थिती र कोरोना महामारीका कारण भदौ ७ देखि १० गतेसम्म तय भएको कांग्रेसको १४ महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ । दोस्रो पटकका लागि सारिएको महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने भएपछि कार्यतालिका संशोधन गरेर अघि वढ्ने तयारी भैरहेको छ ।

यसका लागि चैत्र २० गते केन्द्रीय समिति बैठक वोलाईएको छ । केन्द्रीय सदस्य प्रदिप पौडेलले महाधिवेशनको मिति यथावत राख्नेगरी कार्यतालिका हेरफेर हुने वताए ।

बैठकमा सत्ता समिकरणवारे पनि छलफल हुने वताइएको छ । केन्द्रीय सदस्य पौडेलले भने ‘नयाँ सत्ता समिकरण गर्ने कुरा आफ्नो ठाउँमा छ । तर, कांग्रेसको मुख्य लक्ष्य भनेको १४ औँ महाधिवेशन नै हो । सोहि विषयमा बैठक केन्द्रीत हुनेछ ।’

यद्यपी अहिले सम्म ६९ जिल्लाबाट मात्रै कृयाशिल सदस्यहरुको अभिलेख केन्द्रसम्म आईपुगेको छ । चार लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *