ताइवान क्षेत्रमा चीनको सैन्य अभ्यास

 ग्लोवल टि.भी.      सोमवार, पुस २५, २०७९      0

पुस २५ – चीनको सेनाले आइतवार ताइवान वरिपरि सैन्य अभ्यास गरेको बताएको छ। यो एक महिनाभन्दा कमको अवधिमा दोस्रोे अभ्यास हो।

सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’ आयोजना गरेको जनमुक्ति सेनाकोे पूर्वी थिएटर कमाण्डले आइतवार ढिलो एक विज्ञप्तिमा भनेको छ।

उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ। गत वर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच विवाद चर्किएको छ। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *