ग्लोबल टिभि
0
एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको एउटा जेलबाट १ हजार ८ सय भन्दा बढि कैदीबन्दीहरु भागेका छन् । पृथकतादावी समूहले जेलमा आक्रण्मा गरेपछि उनीहरु फरार भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेर कैदीहरुलाई भगाएको बताएको छ ।
सोमबार विहान नै नाइजेरियाको दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा पृथकतावादी हमला पछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ । प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
Post Views: 1,277
Leave a Reply