आईफोन-१६ मा अन्डर-डिस्प्ले फेस आईडी

 ग्लोवल टि.भी.      बिहिबार, पुस २८, २०७९      0

पुस २८ –   मोबाइल निर्माण कम्पनी एप्पलले आगामी सिरिजको ‘आईफोन–१६’ मा अन्डर-डिस्प्ले फेस आईडी राख्ने भएको छ । डिस्पेलाई थप सुरक्षित बनाउन फोनमा नयाँ ढाँचाको प्रविधि राख्न लागिएको कम्पनीले जनाएको छ । यसले फोनको प्रयोग सहज र प्रभावकारी हुने कम्पनीको दाबी छ ।

 

 

हाल बजारमा एप्पलको पछिल्लो सिरिजका रूपमा ‘आईफोन–१४’ उपलब्ध छ । यसैवर्ष बजारमा आउने ‘आईफोन–१५’ का भने विभिन्न विशेषताहरू सार्वजनिक भइरहेका छन् । तर, आईफोन–१५ मा भने उक्त विशेषता हुनेछैन । यी सिरिजका सबै फोनमा आईफोन–१४ प्रो र प्रो म्याक्समा जस्तै डाइनामिक आइल्याण्ड उपलब्ध हुने छ ।

पछिल्लो जानकारीअनुसार एप्पलले चीनमा आइफोन–१५ परीक्षण सुरु गरिसकेको छ । त्यसका साथै, सन् २०२४ देखि बजारमा आउने एप्पलका उत्पादनमा अन्डर डिस्प्ले फेस आईडी अथेन्टिकेसन सिस्टम राखिने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *