चीनद्वारा १४ वटा उपग्रह प्रक्षेपण

 ग्लोवल टि.भी.      सोमवार, माघ २, २०७९      0

माघ २ – चीनले लङमार्च टु डी रकेकबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।   उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

किलु–२ र किलु–३ लगायतका उपग्रहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका छन् । ‘अप्टिकल इमेजिङ’ उपकरणसहतिका ती उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । तिनीहरूबाट पूर्वी चीनको शानडोङ प्रान्तलाई भूमि सर्वेक्षण, कृषि, वन, वातावरण संरक्षण र विपद् रोकथाम र न्यूनीकरणका लागि ‘रिमोट सेन्सिङ’ सेवा  प्राप्त हुनेछ ।

लङ मार्च टु डी रकेट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको सहायक कम्पनी साङ्घाइ  एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीले निर्माण गरेको हो ।  लङ मार्च रकेट शृङ्खलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *