भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ८ सय ९३ कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि           0

एजेन्सी । दक्षिणी छिमेकी भारतमा पछिल्लो २४ घण्टामा कोरोना काल सुरु भए यताकै सबै भन्दा बढि कोरोना संक्रमित पुष्टि भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा एकै दिन १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

यसअघि विहीबार मात्रै भारतमा अहिले सम्मकै धेरै १ लाख २६ हजार ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो थपिएको संख्यासँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३० लाख ७५ हजार ९ सय ५४ पुगेको छ भने
१ करोड १९ लाख १० हजार ७ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको कुल संख्या ९ लाख ७९ हजार ५ सय १९ छ रहेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । भारतमा संक्रमितको संख्या कीर्तिमानी रुपमा बढ्दा त्यसको जोखिम नेपालमा पनि बढ्दै गएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *