एमबाप्पे चम्किँदा पीएसजी ७ शून्यले विजयी

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १०, २०७९      0

माघ १० –  शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एमबाप्पे जम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले एक्लै ५ गोल गरे । खेलको २९, ३४ र ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले ५६ र ७९ औं मिनेटमा थप दुई गोल गरेका हुन् ।

पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीको रुपमा एमबाप्पेले नामसमेत लेखाएका छन् । अन्य दुई गोल नेयमार र सोलेरले गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *