उत्कृष्ट लयमा रहेका अस्ट्रेलियाका स्मिथको अनौठो विश्व कीर्तिमान

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १०, २०७९      0

माघ १० – अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथको परिचय टेस्ट र एकदिवसीय ब्याटरका रूपमा थियो। तर जारी बिगबासमा उनी टी-२० करिअरकै उम्दा लयमा छन्। उनले केवल ४ खेलमा नै दुई टी-२० शतक र एक अर्धशतकसहित कुल ३२८ रन बनाइसकेका छन्। त्यसअघि भने स्मिथ दक्षिण अफ्रिका र वेस्ट इन्डिज टुरमा रहेका थिए।

सिड्नी सिक्सर्सबाट खेलिरहेका स्मिथ सोमबार एक बलमा १६ रन बनाए। दुर्लभ र अनौठो रेकर्ड आफ्नो नाममा पार्ने क्रममा उनले धेरैलाई पत्यार नलाग्ने कीर्तिमान बनाए।

होबार्टमा भएको खेलमा उनले यो दुर्लभ कीर्तिमान बनाएका हुन्।

होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले कीर्तिमान बनाए। पेरिसले खेलको दोस्रो ओभर बलिङ गर्दा पहिलो दुई बलमा कुनै रन बनाउन दिएनन्। जोएल पेरिसको तेस्रो बल भने कीर्तिमानी सावित भयो। उनले फालेको बलमा स्मिथले छक्का प्रहार गरे।

बलिङ गर्दैगर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेपछि उक्त बल नो बल भयो। अर्थात् नो बलमा छक्कासहित सात रन जोडे। पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए। उक्त बल पेरिसले वाइड फाले। उक्त बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो।

तर दोस्रो पटक पनि बल गणना भएन। जहाँ उनले बिना बल काउन्ट नै १२ रन बनाइसकेका थिए। उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरे। अर्थात्, स्मिथले वैध बलको गणना हुँदासम्म १६ रन बनाए।

यस खेलमा स्मिथले ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा ६६ रन बनाए। यो खेलमा स्मिथको टिमले २० ओभरमा १८० रन बनाएको थियो। जवाफमा होबार्ट हरिकेन्स १५६ रनमा सीमित भयो।

जारी प्रतियोगितामा स्मिथले पहिलो खेलमा पर्थ स्कर्चर्सविरुद्ध १५ जनवरीमा ३६ रनमात्र बनाएका थिए। त्यसपछि भने उनले सानदार ब्याटिङ गरेका छन्। उनले दोस्रो खेलमा १७ जवनरीमा एडिलेड स्ट्राइकर्स विरुद्ध १०१ रन बनाउँदा सिड्नी थन्डर्सविरुद्ध २१ जनवरीमा १२५ रनको अविजित इनिङ खेले।

त्यस्तै, उनले सोमबार होबार्ट हरिकेन्सविरुद्ध ६६ रन बनाए। पछिल्ला ६ खेलमा अपराजित रहेको सिड्नी सिक्सर्स १४ खेलबाट २१ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *