उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १०, २०७९      0

माघ १० – आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ ।

सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका शहरहरु रातभर अन्धकार बनेको थियो । पाकिस्तानी उर्जामन्त्री खुरुम दस्तागिरले राष्ट्रिय ग्रिड ब्रेकडाउन भएका कारण समस्या आएको बताएका छन् ।

उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुमा कोलाहल भएको थियो । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताए। जाडो याममा माग उच्च हुँदा आपूर्ति प्रणाली फेल भएको बताए ।

आर्थिक संकटका कारण पर्याप्त मात्रामा तेल खरिद गर्न नसक्दा पाकिस्तानका डिजेल प्लान्टहरुले माग अनुसारको विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *