जोकोभिचले जिते अस्ट्रेलियन ओपन टेनिसको कीर्तिमानी उपाधि

 Global Television      सोमवार, माघ १६, २०७९      0

माघ १६ –  सर्बियाका नोभाक जोकोभिचले कीर्तिमानी दशौंपटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्।

मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा जोकोभिचले ग्रिसका स्टेफानो चिचिपासलाई तीन–शून्यको सोझो सेटमा पराजित गरे। उत्कृष्ट सुरुवात गरेका ३५ वर्षीय जोकोभिचले पहिलो सेट ६–३ ले जिते। दोस्रो सेट २४ वर्षका चिचिपासले बलियो चुनौती पेस गरेपछि टाइब्रेकरमा पुग्यो।

चिचिपासको अग्रता उल्ट्याउँदै जोकोभिचले ७–६ ले सेट आफ्नो पक्षमा पारे। तेस्रो सेटमा ७–६ को जित हात पारेसँगै जोकोभिच मेलवर्नमा च्याम्पियन बने। यो जितपछि जोकोभिचले ओपन एरामा पुरुष एकलतर्फ सर्वाधिक २२ ग्रान्डस्लाम जित्ने स्पेनिस रफायल नाडालको कीर्तिमानमा पनि बराबरी गरेका छन्।

मेलवर्नमा दशपटक फाइनल पुग्दा जोकोभिचले दशपटक नै उपाधि जितेका छन्। उनलाई सन् २०१८ यता कसैले पराजित गर्न सकेको छैन। उनको अस्ट्रेलियन ओपनमा जितको संख्या २८ खेल पुगेको छ।

गत वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाएनन्। कोभिड खोपका लगाएको प्रमाण नदेखाएपछि जोकोभिचलाई मेलवर्नबाटै फकाईएको थियो।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *